- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। एलजी इलेक्ट्रोनिक्सले सन् २०२१ को डिजिटल प्रतियोगिता अन्तर्गत धेरै जसो अवार्डहरू हात पार्न सफल भएको छ। प्रविधिको उद्योगहरूका लागि यो एक मुख्य निर्णायक श्रेणी मानिन्छ। यस सीइएसमा १० हजारभन्दा बढी उत्पादनकर्ताहरूको सहभागिता रहेको थियो।
यस विशेष कार्यक्रममा आफ्ना घरायसी सामानहरू, मनोरञ्जन, आइटी र मोबाइल विधामा १९० भन्दा बढी पुरस्कारहरूबाट सम्मानित भएको छ। एलजीलाई यो पहिचान र सम्मान इन्गाजेडको वेस्ट अफ सीइएस अवार्ड (सीइएसको आधिकारिक अवार्ड कार्यक्रम) ले दिलाएको हो।
टिभीको श्रेणीमा एलजी आएलइडीले लगातार सातौँ वर्षमा पनि अवार्ड हात पार्यो भने उत्कृष्ट फोन तथा मोबाइल डिभाइसमा एलजी रोलएबल स्मार्ट फोनले उपाधिहरू हासिल गर्यो।
त्यसैगरी एलजीको नयाँ इन्स्टाभ्यु डोर–इन–डोर रेफ्रिजिरेटर्सले घरायसी सामानहरूको विधामा अवार्ड हात पारेको छ। प्रविधिमा नवीनताका लागि सीइएसको आधिकारिक अवार्ड कार्यक्रममा एलजीले सीइए इनोवेशन अवार्डहरू पनि हासिल गरेको छ। उक्त अवार्डहरू एलजीको सी वान ओएलइडी टिभी र इन्स्टाभ्यु थिन रेफ्रिजिरेटरलाई प्रदान गरिएको हो।
सीइएस उपभोक्ता टेक्नोलोजी सङ्घद्वारा आयोजित वार्षिक ट्रेड सो हो । संयुक्त राज्य अमेरिकाको नेन्वाडा विन्चेस्टरको लस भेगास कन्भेन्सन सेन्टरमा जनवरीमा आयोजित यस कार्यक्रममा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा नयाँ उत्पादन र टेक्नोलोजीहरू प्रस्तुत गरेको थियो।