arrow

बिटक्वाइनले वार्षिक खपत गर्ने विद्युत तीन देशको भन्दा बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ माघ २९ बिहिबार
bitcoin1.jpg

काठमाडौं । क्याम्ब्रिज विश्वविद्यालयले गरेको एक विश्लेषणले बिटक्वाइन क्रिप्टोकरेन्सीले अर्जेन्टिनाको कुल वार्षिक विद्युत खपत भन्दा बढी विद्युत खपत गरेको देखिएको छ । प्रत्येक बिटक्वाइन खरिद बिक्री हुने एवं बन्ने क्रममा त्यसलाई प्रमाणित गर्न जटिल कम्प्युटरीय क्याल्कुलेसन हुने गर्छ । यस क्रममा शक्तिशाली क्षमताको कम्प्युटरको प्रयोग हुन्छ ।
 
एक वर्षसम्म बिटक्वाइन माइनिंगले प्रति घण्टा १२१.३६ टेरावाट विद्युत खपत गरेको विश्वविद्यालयले जनाएको छ । बिटक्वाइनको मूल्य नघटेसम्म यो प्रक्रियामा पनि कमी नआउने देखिन्छ । यो हप्ता एक बिटक्वाइनको मूल्यले झण्डै ४८ हजार डलर छोएको छ । विद्युतिय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले १.५ अर्ब डलरको बिटक्वाइन किन्ने भनेपछि यसको मूल्य झनै बढेको छ ।
 
बिटक्वाइनको मूल्य बढ्दै जाँदा विश्वभर माइनिंग गर्नेहरूको संख्या पनि बढ्दै जान्छ र यसो हुँदा शक्तिशाली मसिन एवं कम्प्युटर प्रयोग बढी हुन थाल्छ । यसले विद्युतको खपत झनै बढाउने क्याम्ब्रिज विश्वविद्यालयका रिसर्चर माइकल राउच बताउँछन् ।
 
विश्लेषणमा उल्लेख भए अनुसार एक वर्षमा अर्जेन्टिनाले प्रतिघण्टा १२१ टेरावाट विद्युत खपत गरेको छ । त्यस्तै नेदरल्याण्डले १०८.८, युनाइटेड अरब एमिरेट्सले ११३.२० टेरावाट विद्युत खपत गरेको छ । बिटक्वैनले भने १२१.५ टेरावाट विद्युत खपत गरेको छ । 

माइनिंग गर्नका लागि कयौं विश्वभरका धेरै व्यक्तिहरुले आफ्नो कम्प्युटरलाई विशेष सफ्ट्वयरका माध्यमबाट बिटक्वाइनको नेटवर्कमा कनेक्ट गराएका हुन्छन् ।

माइनिंगले बिटक्वाइन किनबेच फ्रड हैन भनेर पुष्टि गर्नका लागि समाधान गरिने डिजिटल सिग्नेचर एवं पजलहरुलाई प्रोसेस गर्छ । यसको बदलामा माइनरहरुले थोरै मात्रामा पुरस्कारसहित बिटक्वाइनको हिस्सा पाउँछन्, र सो वाफतको पैसा डिजिटल वालेटबाट पाउन सक्छन् ।
 
पैसा धेरै कमाउन मानिसहरू सामूहिक माइनिंग गर्छन् । यस क्रममा धेरै कम्प्युटर मेसिनहरु प्रयोग हुन्छन् र यसले धेरै नै विद्युत खपत गर्छ । बिटक्वाइनको नेटवर्कले खपत गर्ने विद्युतका आधारमा कुुल कति विद्युत खपत भयो भनेर थाहा पाउन सकिन्छ । 
 
विश्वभर लाखौं मानिसले माइनिंग गरिरहेका हुन्छन् । यस क्रममा धेरै नै कार्बन्डाइअक्साइड उत्सर्जित हुन्छ र यसले वातावरणमा ठूलो असर पार्छ ।
 
एलन मस्कको कम्पनीले बिटक्वैनमा लगानी गर्नुले बिटक्वाइनको मूल्य अझैं बढ्ने र माइनरहरुको संख्या झन बढ्ने हूँदा कार्बन्डाइअक्साइड उत्सर्जन पनि बढ्ने भएको छ । यसले वातावरणमा असर पार्ने भन्दै अहिले मस्कको आलोचना समेत भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ