- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसले संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाका दुवै समूहलाई आग्रह गरेको छ । काँग्रेसले अभिव्यक्तिलाई राज्यविरुद्धको अपराध करार नगर्नसमेत सरकार पक्षलाई चेतावनी दिएको छ ।
‘एकपक्षीय रूपमा पूर्वाग्रही व्यवहार गरेर अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनसाथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँदछौ ।’ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
नेकपा नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न पनि काँग्रेसले माग गरेको छ । ‘अहङ्कार युक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरू जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन्, यस्ता अभिव्यक्तिले त्यस्ता दल र व्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिङ्गो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ ।’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडी भनिएको छ, ‘नेपाली काँग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपिल गर्दै नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ ।’