arrow

कांग्रेसको ७७ वटै जिल्लामा विरोध प्रदर्शनः शीर्ष नेताहरु छुट्टाछुट्टै जिल्लामा गएर सम्वोधन 

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
congress-deuba-poudel-koirala1.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले घोषणा गरेको तेस्रो चरणको अन्तिम विरोध कार्यक्रम अन्तर्गत सोमबार देशैभर विरोध प्रदर्शन हुँदैछ । कांग्रेसले ७७ वटै जिल्ला विरोध प्रदर्शन गर्न लागेको हो । 

तेस्रो चरणको अन्तिम कार्यक्रममा सबैजसो शीर्ष नेताहरुले विभिन्न जिल्लामा गएर सम्वोधन गर्नेछन् । सभामा सहभागी हुन सभापति देउवा रुपन्देहीको बुटवल जाँदै छन् । यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ सदरमुकाम धादिङवेसी, उपसभापति विमलेन्द्र निधी सप्तरी, महामन्त्री डा. शशांक कोइरालाले दाङको विरोध सभालाई सम्बोधन गर्नेछन् ।

यसैगरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापा, पूर्वमहामन्त्री प्रकाशमान सिंहले कास्कीको पोखरा, डा. शेखर कोइरालाले सुनसरीको धरान, अर्जुननरसिंह केसीले काठमाडौं, डा.मिनेन्द्र रिजालले प्यूठान, डा. रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदीप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोध सभालाई सम्बोधन गर्ने छन् ।

यसअघि तेस्रो चरणको कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम कांग्रेसले १९ माघमा  भ्रातृ संस्थाको नेतृत्वमा र दोस्रो २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा ७७ वटै जिल्लामा गरेको थियो ।

यस्तै अघि प्रतिनिधि सभा विघटनविरुद्ध पहिलो चरण अन्तर्गत कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आन्दोलन गरेको थियो ।

दोस्रो चरण अन्तर्गत २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो ।



नयाँ