arrow

रुसले अन्तरिक्षमा खाद्यान्न पुर्‍याउन कार्गो पठायो

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
International-space-centre.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा रहेका सात सदस्यहरूका लागि खाद्यान्न सहितको कार्गो रुसले अन्तरिक्षमा पठाएको छ । काजाकिस्तानबाट रुसले सोमबार एमएस१६ नाम दिएको कार्गो अन्तरिक्षमा प्रक्षेपण गरेको हो । यो कार्गो मङ्गलवार अन्तरिक्षमा पुग्ने छ ।

२ हजार ४ सय ६० किलो वजन बोकेको कार्गाेमा  अन्तरिक्ष केन्द्रमा रहेका सात सदस्यहरूका  लागि खाना, लुगा, पिउने पानीलगायतका चिजहरू रहेका छन् ।

आइएसएसमा अहिले जापानका एक, अमेरिकाका ४ र रुसका २ अन्तरिक्ष यात्री रहेका छन् । पृथ्वीबाट ४०० किलोमिटर पर आकाशमा रहेको आइएसएसमा रहेका अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षबारे नयाँ खोज अनुसन्धान एवं अन्वेषण गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ