arrow

सरकारको कदम विरुद्ध मोरङमा काँग्रेसको विरोध प्रदर्शन

logo
विवेक मिश्र,
प्रकाशित २०७७ फागुन ३ सोमबार
congress-biratnagar.jpg

मोरङ । नेकपा सरकारको असंवैधानिक र अलोकतान्त्रिक कार्यका विरुद्ध नेपाली काँग्रेस मोरङ जिल्ला कार्यसमितिले सोमबार विराटनगरमा गरेको विरोध प्रदर्शन गरेको छ । सोही विरोध प्रदर्शनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालत सँगै जनताको अदालतमा समेत विचाराधीन रहेको बताएका छन् ।

नेपाली काँग्रेस मोरङद्वारा विराटनगरमा आयोजित बृहत् विरोध सभामा बोल्दै आचार्यले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालत सँगै जनताको अदालतमा समेत रहेको बताए । संविधानको व्याख्याता सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्नेमा काँग्रेस विश्वस्त रहेको बताए ।

नेकपाको सरकारले घर झगडाका नाममा लोकतन्त्र ,गणतन्त्र र जनताको अधिकारको उपहास गरेको आरोप लगाए । अहिलेको जटिल राजनैतिक परिस्थितिको मतियार प्रचण्ड-नेपाल पनि भएको भन्दै केन्द्रीय सदस्य आचार्यले यसबाट कसैले मुक्ति नपाउने बताए ।

प्रधानमन्त्री ओलीले संसद् विघटन भन्दा अगाडि पनि लोकतन्त्र ,जनताको आस्था र मानवअधिकार माथि बहुमतीय दम्भ देखाएको स्मरण गर्दै नेता आचार्यले भने त्यस बेला प्रचण्ड र नेपालले प्रतिपक्षी दलको कुरा नसुनेको बताए । यो देशमा कम्युनिस्ट बाहेक अरू बाच्न नसक्ने स्थिति सिर्जना गर्ने पक्षमा ओली लागेको र यसका विरुद्ध आन्दोलन आवश्यक भएको बताए ।

गृहमन्त्रीले भनेजस्तो मांसाहारी आन्दोलनमा काँग्रेस नजाने बताए । नेकपाका प्रचण्ड -नेपालको आन्दोलनमा हिंसाको गन्ध आएको भन्दै जनताको अदालतमा ,जनताको घरदैलोमा पुगेर शान्तिपूर्ण आन्दोलन गर्ने आचार्यले बताए ।

 नेपाली  काँग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल ,पवनसारडा  लगायतका वक्ताहरूले आ-आफ्ना धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ