arrow

डा.शेखर कोइरालाको प्रश्न : के केपी ओली महाराजा बन्न लालायित बनेका हुन् ? 

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
shaker_koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? भन्दै प्रश्न गरेका छन्।

‘के महाराजा बन्न लालायित भएको ? राजाहरुले झैं म जे भन्छु त्यही कानुन हो भन्न खोजेको ?’ आक्रोसित मुद्रामा डा.कोइरालाले भने ।

राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपाभित्र एउटा गुटको भूमिका निर्बाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको बताए। उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउन परेको बताए।

सरकारको असंवैधानिक कदमको विरुद्धमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफुहरुले संवैधानिक इजलासमा बस्ने न्यायधीशहरुलाई दबाब अथवा आग्रह नगरेको बताए।

संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमूर्तिहरुले आफ्नो विवेक नगुमाइ निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं’ उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ