arrow

दिव्य प्रेमको साम्ने सबै आकर्षण फिक्का

logo
लेख
प्रकाशित २०७७ फागुन ३ सोमबार
spirituality1.jpg

काठमाडौँ । प्रेम गर्न सक्नु र प्रेम पाउन सक्नु प्रत्येक मनुष्यको मूल आवश्यकता हो । मनोवैज्ञानिकले मनुष्यको मूल आवश्यकताको कुरा गर्दा खाना, कपडा, घर र सुरक्षाको साथ-साथै प्रेमलाई पनि यसमा सामेल गरेका छन् । साधारणता मानिसले बाहिरी दुनियाँमा आफ्नो आमा, बुबा, भाइ- बहिनी र आफन्तहरूबाट प्रेमको आशा गर्दछ । ठुलो भएसँगै उसले आफ्नो मित्र, पति या पत्नी अनि आफ्नो सन्तानहरूबाट प्रेमको आशा राख्दछ। दुर्भाग्यले जीवनमा कहिले-कहीँ यस्ता प्रेमहरू अस्थायी हुन्छन् । सम्बन्ध बदलिरहन्छ। सन्तानहरु ठुलो भएर टाढा हुन्छन् अनि माता-पिताको मृत्यु हुन्छ । कुनै न कुनै समय यो संसारबाट प्रेम हराएको दुःख हामीलाई महसुस हुन्छ।

प्राय; संसारी प्रेम हराएपछि हामी ईश्वरतिर लाग्दछौँ । जब ईश्वरले हाम्रो पुकार सुन्छन्, तब उनले हामीलाई कुनै माध्यमबाट यस्तो व्यक्तिकोमा पठाउँछ जसले हामीलाई हामीभित्र शाश्वत प्रेम सदा विद्यमान रहन्छ भनेर सम्झाउन सक्छ । एक श्रोत्रिय ब्रह्मनिष्ठ सद्गुरुले हामीलाई ईश्वरको प्रेमसँग जोडिदिनेछन्। युगौँ-युगदेखि सद्गुरुले हामीलाई शाश्वत प्रेम पाउने तरीका बताउँदै आएका छन् । सद्गुरुले हामीलाई ब्रह्मविद्यताको क्रियात्मक अभ्यास गर्नु सिकाउँछन् ।  जब मुमुक्षु आत्म ज्ञानी गुरुको शरणमा जानेछन् उनले जन्म जन्मको भव रोगबाट मुक्त गरिदिनेछन् ।

जब हामी अध्यात्म पथमा अगाडि बढदछौं, तब हामी  प्रभुको प्रेमको अनुभव गर्ने गर्दछौँ। ईश्वरको अनुभव बुद्धिको माध्यमले गर्न सकिँदैन । परमात्मा प्रेम हो अनि हामीभित्र  विद्यमान आत्मा पनि प्रेम हो। ईश्वरको अनुभव गर्नका लागि हामीले त्यस कुराहरूलाई त्याग्नु पर्दछ जसले हामीलाई दिव्य प्रेमको अनुभव गर्न रोक्छ।

सद्गुरुले प्रभुको प्रेमलाई हामीतिर प्रसारित गरिदिन्छन्। जब हामी कुनै व्यक्ताको व्याख्यान सुन्छौँ, तब हामी बौद्धिक ज्ञान प्राप्त गर्दछौँ। जब हामी एक आध्यात्मिक गुरुकोमा जान्छौँ, तब वहाँ हामी बौद्धिक ज्ञानदेखि परको ज्ञान पाउँदछौँ । ज्ञान पाउनको साथै हामी आफ्नो आत्माको उत्थानको पनि अनुभव गर्दछौँ । सद्गुरुको सङ्गतमा शरीरदेखि माथि उठेन अनुभव प्राकृतिक रूपले मिल्छ । उनको दया एक शक्ति हो, जसले हाम्रो विचारलाई शरीरदेखि दिव्य नेत्रमा तानेर ल्याउँदछ।

एक सद्गुरुको सान्निध्यले हाम्रो आत्माले आत्मिक मण्डलको अनुभव गर्न थाल्दछ । त्यो दिव्य अनुभव द्वारा हामी उत्कृष्ट प्रेममा ओतप्रोत हुन जान्छौँ । जब हामी त्यो परमानन्दको अनुभव गर्दछौँ, तब सधैँ त्यसैमा डुबिरहन मन गर्दछ । दिव्य प्रेमको आनन्द यति सशक्त हुन्छ यसको सामु सारा संसारको आकर्षण फिक्का, अर्थहीन प्रतीत हुन्छ । आउनुहोस्, हामी यस दिव्य प्रेमसँग जुड़ौं अनि सदा- सदा परमानन्दको अवस्थालाई प्राप्त गरौँ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ