arrow

काँग्रेस नेता नन्द शाहीको निधन, देउवाले व्यक्त गरे गहिरो दुःख

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका नेता नन्दबहादुर शाही सोमबार निधन भएको छ ।   नेपाली काँग्रेस जिल्ला कार्यसमिति, दैलेखका पूर्व पार्टी सभापति रहेका शाहीको सोमबार ५;३० बजे निधन भएको हो   ।

वि.सं. २००२ पुस १४ गते जन्मिएका दैलेख भैरवी गाउँपालिका वडा नं. ४ निवासी स्वर्गीय शाही २०५१ मा जिल्ला कार्यसमिति दैलेखको पार्टी सभापति थिए । उनी वि.सं. २०४९ मा जिल्ला विकास समितिको सदस्य र सुकुम्वासी आयोग दैलेखको पूर्व उपाध्यक्ष थिए  ।

शाहीले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

शाहीको निधनप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले  गहिरो दुःख व्यक्त गरेका छन् ।  मङ्गलवार शोक वक्तव्य जारी गरी सभापति   देउवाले देउवाले श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको वक्तव्यमा उल्लेख छ  ।

साथै, पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उनले पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै उनको आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ