arrow

भागिरथी भट्टका अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरी

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
bhagarathi-bhatta-rape-kill.jpg

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागिरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले केही बेरमै सार्वजनिक गर्दैछ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता मुकेश सिंहका अनुसार अभियुक्त केही बेरमै प्रहरीले सार्वजनिक गर्न लागेको हो । 

प्रहरीले ती अभियुक्तलाई नै बलात्कारी र हत्यारा भएको दाबीसहित सार्वजनिक गर्न लागेको हो । सिंहका अनुसार उनी भागिरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत १७ वर्षे युवक हुन् । 

प्रहरीका अनुसार उनी पनि भागिरथीको बलात्कारपछि हत्याको छानबिन गरी तत्काल अपराधी पक्राउ गर्न दवाव दिँदै आएको समूहसँग अग्रपंक्तिमा समेत देखिँदै आएका थिए । 

प्रहरीले उनीमाथि केही दिनदेखि निगरानी बढाएको र प्रमाण प्राप्त गरेपछि पक्राउ परेको बताएको छ । पक्राउ परेलगत्तै उक्त युवकले अपराध स्वीकारेकोसमेत प्रहरी स्रोतले बताएको छ । 

अभियुक्तले रिसइबीका कारण बलात्कारपछि हत्या गरेको बहाना बनाएको पनि बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ