arrow

भागिरथी हत्याका आरोपी पक्राउ, प्रहरी भन्छ- 'नाम अहिले सार्वजनीक गर्न मिल्दैन'

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
poli-bhagirathi.JPG

काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागिरथी भट्टको बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । बुधवार पत्रकार सम्मेलन गरी एक जना अनुहारमा नकाव लगाएका किशोरलाई सार्वजनीक गरेको छ ।

अभियुक्त बारे भन्न नमिल्ने भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेको छ । प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले भने 'अहिलेसम्मको अपरोपमा व्यक्तिको तत्काल उपस्थिति, सोधपुछका क्रममा दिएको बयान, सबैका आधारमा आरोपी समातिएको हो । तर अहिले नाम सार्वजनिक गर्न मिल्दैन । '  

उनले प्रहरीको अनुसन्धान प्रक्रियामा आशङ्का नगर्न आग्रह गरे । दोषी कानुनी कठघरामा रहेको उनको भनाइ थियो ।

प्रहरीले ती अभियुक्तलाई नै बलात्कारी र हत्यारा भएको दाबी गरेको छ  । सिंहका अनुसार उनी भागीरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक युवक हुन् ।

प्रहरीका अनुसार उनी पनि भागिरथीको बलात्कारपछि हत्याको छानबिन गरी तत्काल अपराधी पक्राउ गर्न दबाब दिँदै आएको समूहसँग अग्र पङ्क्तिमा समेत देखिँदै आएका थिए ।

प्रहरीले उनीमाथि केही दिनदेखि निगरानी बढाएको र प्रमाण प्राप्त गरेपछि पक्राउ परेको बताएको छ । पक्राउ परे लगत्तै उक्त युवकले अपराध स्विकारेकोसमेत प्रहरी स्रोतले बताएको छ ।

अभियुक्तले रिसइबीका कारण बलात्कारपछि हत्या गरेको बहाना बनाएको पनि बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ