arrow

भागिरथी काण्ड : हत्यामा संलग्न भन्दै प्रहरी गर्‍यो एक किशोरलाई सार्वजनिक

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
bhagirathi-bhatta-dinesh-bhatta.jpg

कञ्चनपुर । बैतडी दोगडा केदार ७ जडेपानीके किशोरी भागिरथी भट्टको  बलात्कारपछि  हत्यामा संलग्न रहेको भन्दै एक किशोरलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय बैतडीले बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर भागीरथीको बलात्कारपछि गरिएको हत्यामा संलग्न रहेको दाबी गर्दै स्थानीय  १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको छ  ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमका डिआइजी उत्तमराज सुवेदीले किशोरले नै भागीरथीको हत्या गरेको दाबी गरे । “आरोपित व्यक्तिको लोकेसन त्यही घटना स्थलमा भएको देखियो ।” उनले भने, “टेक्निकल इन्भेस्टिगेसनले लोकेसनले त्यही देखाउनु र बयानमा हत्या गरेको स्वीकार गर्नुले नै हत्या निजले गरेको निष्कर्षमा हामी पुगेका हौँ ।”

डिआइजी सुबेदीले  पत्रकार सम्मेलनमा प्रहरीको अनुसन्धानमा शङ्का नगरिदिन समेत आग्रह गरे । पत्रकारहरूले कञ्चनपुरको निर्मला पन्तको जस्तो घटनामा नक्कली अभियुक्त खडा गरे जस्तै यो केसमा पनि भयो भने के हुन्छ भन्ने जिज्ञासाको जवाफमा सुवेदीले भने, उनले भागिरथी हत्या प्रकरण कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरण जस्तो नहोस् भन्नेमा प्रहरी सतर्क रहेको बताए  । “प्रहरीको अनुसन्धानमा शङ्का नगरिदिन विनम्र अनुरोध गर्छु । त्रुटिरहित ढङ्गले सबुत सङ्कलन गरेका छौँ ।”

माघ २१ गते बुधवार विद्यालय गएकी भागीरथीको भोलिपल्ट बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो । किशोरले भागीरथीको हत्या गरेको साविति बयान दिए पनि उनले बलात्कारका बारेमा भने मौनता देखाएको प्रहरीले जनाएको छ । उनको, पुरै बयान सिआइबीका डिएसपी पञ्चकुमार बाकुले लिएका थिए ।

जिल्ला अस्पताल बैतडीले भागीरथीको यौनाङ्गमा यौनजन्य गतिविधि भएको र घाँटी निमोठेर हत्या भएको पोस्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको छ । घटनाको प्रकृति हेर्दा पनि भागीरथीको तल्लो अङ्गको वस्त्रहरू फुकालिएका छन् भने उनको यौनांगबाट धेरै रगत बगिरहेको भेटिएको प्रहरीले जनाएको छ ।

(आरोपीको १८ बर्ष मुनीको भएकाले नाम उल्लेख गर्न नहुने संहिता अनुसार आरोपीको नाम हटाईएको छ। - सम्पादक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ