arrow

काँग्रेस केन्द्रीय समितिको म्याद ६ महिना थप गर्ने सहमति

भदौमा महाधिवेशन

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
nepali-congress-meeting.jpg

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप गर्ने सहमति भएको छ ।  काँग्रेस पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक सुरु हुनु अघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच पार्टीको म्याद संविधान अनुसार ६ महिना थप गर्ने र भदौमा महाधिवेशन गर्ने सहमति बनेको हो ।

सहमतिपछि बैठक सुरु भएको छ । जारी केन्द्रीय समिति बैठकले नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुसार केन्द्रीय समितिको म्याद ६ महिना थप गर्ने काँग्रेस सह महामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए ।

काँग्रेस पार्टीको १४औँ महाधिवेशनसमेत समेत ७ देखि १० भदौ २०७८ मा गर्ने प्रस्ताव सभापति देउवाले वैठकमा राखेका छन् । सो प्रस्ताव बैठकमा पेस भएको छ ।

यसअघि १४औँ महाधिवेशन ७-१० फागुन २०७७ का लागि तय भएको थियो । तर विश्वव्यापी कोरोना सङ्क्रमणका कारण सो मितिमा महाधिवेशन गर्न नसक्ने अवस्था आएको काँग्रेसले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ