arrow

झलनाथले ध्यान नदिएपछि कांग्रेस नेता खड्काको पहलमा सडक बन्यो चौडा

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
dambarr.jpg

इलाम । पूर्वी पहाडी जिल्ला इलामका अन्य क्षेत्रमा विकास भएपनि स्थानीय तहमा सडक सुविधा अझै प्रभावकारी बन्न सकेको छैन् ।

यस्तै सूर्योदय नगरपालिका वडा नं १३  लक्ष्मीपुरको पोखरी बजारदेखि इलाम नगरपालिका-१० रामचोक जोड्ने सडक स्थानीयकै पहलमा एक दशकअघि नै जोडिएको हो । तर,सडक साँघुरो भएकाले स्थानीयवासीले सास्ती खेप्दै आएका थिए ।

उक्त सडकमा मोटरसाइकल र पिकअप  मुस्किलले चल्न सक्ने अवस्था थियो । मूल सडकबाट नजिक भएपनि स्थानीयले दुःख–कष्ट बेहोर्दै आएका थिए । नेकपाका नेता झलनाथ खनाल यही क्षेत्रबाट पटक पटक चुनाव जितेर देशको प्रधानमन्त्रीसमेत भइसकेका छन् ।

तर, कहिल्यै पनि उनले आफ्नो निर्वाचन क्षेत्रका जनताको साना समस्याहरुमा ध्यान नदिएको सडक निर्माण समितिका सचिव ठविराज ढुंगानाले बताए । केही दिनअघि नेपाली कांग्रेस नेता डम्बर खड्का लक्ष्मीपुर टोलमा आयोजित एक कार्यक्रममा सहभागी भएका बेला सम्पूर्ण टोलबासीले उक्त सडकको स्तरोन्नतिका लागि आग्रह गरेका थिए ।

स्थानीयको आग्रहलगत्तै कांग्रेस नेता खड्काले सडक निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बचनबद्धता जनाए । ‘हामी सबै स्थानीयबासी मिलेर करिब नौं सय लिटर इन्धन जम्मा ग¥यौं, वडाध्यक्ष धनबहादुर रार्इले ब्यक्तिगत रुपमा दुईसय लिटर इन्धन खरीद गरेपछि आठ दिन २२० को  स्काभेटर कांग्रेस नेता खड्काले निःशुल्क उपलब्ध गराएपछि लम्बाइ १६५० मिटरको र चौडाइ छ मिटरको सडक सम्पन्न भएको छ ।

नेता खड्का र वडाध्यक्षको निजी प्रयासमा सडक फराकिलो बनेपछि टोलबासी खुशी भएको सचिब ढुंगानाले जानकारी दिए । अब सडकलाइ ग्राभेल गर्न सकिए अझै राम्रो हुने टोलबासीको माग छ ।

पोखरीबाट लक्ष्मीपुर टोलको अन्तिम गन्तब्य फलैंचासम्म बाटोको स्तरोन्नति भएपछि अब दैनिक बिर्तामोडसम्म आफ्नै घरबाट जानआउन सकिने, ढुवानीका सामानसमेत ओसारपसार गर्न सकिने सुविधा भएपछि स्थानियबासी हर्षित भएको बाटो निर्माण समितिीका अध्यक्ष  प्रभुनाथ पौडयालले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ