arrow

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने छ । 

बुधबार बसेको बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव अनुसार २०७८ को भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन हुनेछ । त्यस्तै अहिलेको कार्यसमितिको म्याद ६ महिना थप्न प्रस्ताव गरिएको छ । 

भदौपछि भने कांग्रेस संवैधानिक संकटमा पर्नेछ । गत वर्षको फागुनमै महाधिवेशन हुनुपर्नेमा एक वर्ष समय थपिएको थियो । 

त्यो म्याद पनि कांग्रेसले गुजारेको छ । अबको ६ महिनाभित्र महाधिवेशन नगरे कांग्रेसलाई जोसुकैले आफ्नो पार्टीका नाममा निर्वाचन आयोगमा दर्ता गर्न सक्नेछ । 

बिहीबारको बैठकमा महाधिवेशनको मिति टुङ्गोसँगै संसद विघटनविरुद्धको आन्दोलनका विषयमा पनि छलफल गर्नेछ । 

कांग्रेसले संसद विघटनको विरोध गरे पनि चुनावमा जाने सम्वन्धमा विवाद छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने बाटोमा छन् भने सभापति शेरबहादुर देउवा पक्ष मुद्दा संसदमा विचाराधीन रहेकाले सर्वोच्च अदालतको फैसला कुर्ने र चुनावको तयारी पनि सँगसँगै गर्नुपर्छ भन्ने पक्षमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ