- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेविसंघले कोरोना भाइरस विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।
विहीबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै खोप उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरिएको हो ।
सरकारले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलनमा उत्रिन बाध्य हुने संघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए ।