- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको अक्सन भएको छ । बिहीबार साँझ चेन्नईमा भएको अक्सनमा सबैभन्दा बढी प्रीति जिन्टाको क्लब पंजाब किंग्सले ९ खेलाडी किनेको छ । त्यसैगरी कोलकाता नाइट राइडर्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सले ८–८ खेलाडी किनेका छन् ।
मुम्बई इन्डिन्सले ७, चेन्नई सुपर किंग्सले ६ तथा सनराइजर्स हैदराबादले ३ खेलाडी किनेको छ । आईपीएलको १४ औं संस्करण निकै चुनौतीपूर्ण हुने देखिएको छ ।
अहिलेसम्म उपाधि जित्न नसकेको विराट कोहली नेतृत्वको बैंगलोर निकै आक्रामक ब्याटिङ लाइनसहित उत्रने भएको छ । त्यसैगरी पञ्जाब पनि सशक्त देखिएको छ ।
डिफेन्डिङ च्याम्यिन मुम्बई इन्डियन्स बलिङ लाइन मजबुद पार्न लाग्दा रनर अप दिल्ली भने ब्याटिङमै रह्यो ।
दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिसले रेकर्ड नै तोडेका छन् । उनी आईपीएलको इतिहासमा सबैभन्दा महंगा खेलाडी बनेका छन् । मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा किनेको छ ।
यसअघि यो रेकर्ड भारतीय पूर्व अलराउन्डर युवराज सिंहको नाममा रहेको थियो । उनको मूल्य १६ करोड भारु रहेको थियो । बैंगलोरले कायल जमाइसनलाई दोस्रो महंगो १५ करोड भारुमा किनेको छ । बैंगलोरले ग्लेन म्याक्सवेललाई १४ करोड २५ लाख भारुमा किनेको छ ।
पञ्जाबले झाय रिचर्डसनलाई १४ करोड, राइले मेरेडिथलाई ८ करोड र शाहरुख खानलाई ५ करोड २५ लाखमा किनेको छ ।
चेन्नईले कृष्नप्पा गौथमलाई ९ करोड २५ लाखमा किनेको छ । चेन्नईले इङ्गल्याण्डका मोइन अलीलाई ७ करोड भारुमा किनेको छ । दिल्लीले टम कुरानलाई ५ करोड २५ लाखमा किनेको छ । मुम्बईले नाथन कल्टर नाइललाई ५ करोडमा किनेको छ ।
शिवम दुबेलाई राजस्थानले ४ करोड २० लाखमा र बंगलादेशी खेलाडी शकिब अल हसनलाई कोलकाता नाइट राइडर्सले ३ करोड २० लाखमा किनेको छ ।
अक्सनमा २ सय ९२ खेलाडी सहभागी रहेकामा २२ विदेशीसहित ६१ खेलाडी बिकेका छन् । नेपाली स्पीन बलर सन्दीप लामिछाने भने बिकेनन् । उनलाई दिल्लीले तीन वर्ष राखेर रिलिज गरेको थियो ।