arrow

प्रदेशमा कांग्रेस अविश्वासको प्रस्तावको पक्षमा: पौडेल

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
ramchandra-poudel8.jpg

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस प्रदेश सरकारका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा रहने बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँगको संवादमा पौडेलले कांग्रेस प्रतिपक्षी दल भएकाले प्रदेश सरकारका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने बताएका हुन् । 

‘कांग्रेस प्रतिपक्षमा रहको दल हो, सत्ता पक्षसँगै कांग्रेस उभिँदैन, प्रतिपक्षको धर्म कांग्रेसले निर्वाह गर्छ, कांग्रेस सत्ताको खिलाफको प्रस्तावका पक्षमा उभिन्छ,’ पौडेलले भने । उनले अदालतबाट संविधानको रक्षा हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

वरिष्ठ नेता पौडेलले संविधान विपरीत गएर संसद् विघटन गरिएको र त्यसलाई सच्याउनुको विकल्प नभएको भन्दै जनताको अदालतप्रतिको विश्वास र सम्मान कायम रहेको र रहने विश्वास व्यक्त गरे । 

प्रदेश १ र बाग्मती प्रदेशमा प्रदेश सरकार विरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । सो विषयमा निर्णय हुन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ