arrow

लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेको छ : पूर्व राष्ट्रपति यादव

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
rambaran-yadav1.jpg

जनकपुरधाम । पूर्व राष्ट्रपति डा.रामशरण यादवले लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेकाले लोकतन्त्रलाई बचाउन सबैले भूमिका खेल्नुपर्ने बताएका छन् ।

शुक्रवार जनकपुरधाम मा डा.शोभाकार पराजुलीका दुई कृति समाजवाद र बिपी कोइराला र बिपी विचार सङ्ग्रह को लोकार्पण समारोहमा पूर्व राष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको दलीय आबद्धता यस्तो भएको बताए ।

'राष्ट्रपति भण्डारी राजनीतिक दलमा हुनुहुन्न, म पनि काँग्रेसबाट राष्ट्रपति बन्दा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला समक्ष राजीनामा दिएको थिए, तर   भण्डारीले त्यसो गर्नु होला म आशा गरौँ'डा. यादवले भने ।

'चुनाव गराउने नाममा संविधानलाई भुटेर खाने कि संविधानलाई बचाउने ?'  पूर्व राष्ट्रपतिले प्रश्न गरे 'भोलि संसद् पुनर्स्थापना नभए देश कुन बाटोमा जान्छ यो विद्धानहरूलाई सोधुँला, त्यो म भन्न सक्दिन ।'

लोकार्पण समारोहमा डा.शेखर कोइरालाले समाजवादको नाउँमा किसानले आफ्नो उखुको पैसा लिन काठमाडौँ जानुपर्ने विडम्बना भएको बताए ।  उनले  केपी ओली जतिकै प्रचण्ड पनि दोषी रहेको बताए ।

नेता कोइरालाले राष्ट्रपति एउटा संस्था भन्दै राष्ट्रपति  भण्डारीले गलत काम गरेको बताए । उनले कुन धाराबाट संसद् विघटन गरिएको हो त्यो कुरा जनता लाई बताउनुपर्ने सुनाए । १७ वैशाख मा चुनाव नभए देश गलत ट्रकमा जाने र संविधानलाई पनि खतरा हुने उनले बताए ।



नयाँ