- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।
प्रवक्ता शर्माले अदालतलाई दबाब दिएको भन्दै आलोचना गरेका हुन् । शनिबार सामाजिक सञ्जालमार्फत शर्माले अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने पिएमको विराटनगर मन्तव्य पदीय गरिमा विपरीत छ भनेका छन् ।
शर्माले लेखेका छन्, ‘न्यायालयको फैसला स्विकार्छौं कहिलै नभन्ने र चेतावनी प्रशारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन ।’