arrow

रुबिना बनिन् बिग बोस १४ कि विजेता

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
rubina-dilaik-big-boss.jpg

काठमाडौं । बिग बोस १४ कि विजेता रुबिना दिलैक बनेकी छिन् । १४० दिनसम्म चलेको यसपालिको सिजनमा राखी सावन्त, राहुल वैद्य, अलि गोनी र निक्की तम्बोलीलाई फिनालेमा पराजित गर्दै रुबिना विजेता बनेकी हुन् । 

राखीले फिनालेमा १४ लाख भारु लिएर शो छोडेपछि बाँकी चारबीच प्रतिस्पर्धा भएको थियो । अलि गोनीलाई सबैभन्दा कम भोट मिलेको थियो र उनी शोबाट बाहिरिएका थिए भने अन्तिम एलिमिनेशनमा निक्की तम्बोली बाहिरिएकी थिइन् । 

राहुल रनर अप भएका छन् ।

कलर्स टेलिभिजनबाट देखाइएको उक्त शोको फिनालेमा कार्यक्रम संचालक एवं बलिउड दबंग सलमान खानले घरमा भएको लडाइ, तोडफोडसँगै विवादलाई बयान गरेका थिए । 

फिनालेमा बलिउड अभिनेत्री माधुरी दीक्षितले आफ्नै शैलीमा शोका फाइनलिष्टको यात्रा र उनीहरुको विशेषता देखाएकी थिइन् । 

पाँच सिजन पहिले बिग बोसमा वाइल्ड कार्ड इन्ट्रि लिएकी नौरा फतेहीले हिट डान्स गरेकी थिइन् । २२ सदस्यसँगै ३ अक्टोबरबाट शुरु भएको उक्त १४ औं सिजनमा ११७ एपिसोड टेलिकाष्ट भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ