arrow

प्रत्येक महिना एउटा कम्पनी किन्छ एप्पल

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
tim_cook_apple_LoEAxlj.jpg.jpeg

काठमाडौँ । पछिल्ला ६ वर्षयता एप्पलले कम्तीमा एक सय वटा कम्पनी किनेको एप्पलका सिइओ टिम कुकले बताएका छन् ।

मङ्गल कम्पनीको शेयरधारकहरुको वार्षिक सभालाई सम्बोधन गर्दै उनले प्रत्येक तेस्रो या चौंथो हप्तामा एक कम्पनी खरिद गरिएको कुरा सावर्जनीक गरेका हुन् । प्रविधि र प्रतिभा प्राप्त गर्ने उद्देश्यले कम्पनीहरू खरिद गरिएको उनले बताएका छन् ।

एप्पलले पहिलो पटक सबैभन्दा बढी आम्दानी सन् २०२१ को पहिलो त्रैमासिकमा गरेको छ । जुन १११.४ अर्ब डलर हो ।

एप्पलले खरिद गरेको सबैभन्दा ठुलो कम्पनी ३ अर्ब डलरको बिट्स इलेकट्रोनिक्स हो । अमेरिकी र्यापर एवं प्रोड्युसर डा. ड्रिको हेडफोन निर्माता कम्पनीलाई एप्पलले किनेको हो ।

त्यस्तै ४० करोड डलरमा साजाम सफ्टवेयरलाई पनि एप्पलले सन् २०१८ मा किनेको थियो ।

एप्पलले खास गरी साना प्रविधि कम्पनीहरू किन्दै आएको छ र त्यसपछि ती कम्पनी एप्पलमै समाहित गर्छ । यसको उदाहरण इजरायली त्रि डी सेन्सिंग कम्पनी प्राइमसेन्सलाई एप्पलले किनेको थियो । सोही कम्पनीकै प्रविधि एप्पलको फेसआइडीमा प्रयोग भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ