arrow

संसद् पुनर्स्थापना भए पनि ढुक्क हुने अवस्था छैन : पौडेल

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन १२ बुधबार
ramchandra2.JPG

जनकपुरधाम । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको पहरेदार काँग्रेस भएको बताएका छन् । बुधवार नेपाली काँग्रेस धनुषाको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काँग्रेस वरिष्ठ नेता पौडेलले सबै जनताले नेपाली काँग्रेसलाई भरोसा गरेको बताए ।

वरिष्ठ नेता पौडेलले भने,'नेपाली काँग्रेस लोकतन्त्रको पहरेदार हो । सबै पक्षका जनताको, उत्प्रेरित वर्गको पनि संरक्षक नेपाली काँग्रेस हो ।'

संसद पुनर्स्थापना भए पनि ढुक्क हुने अवस्था नरहेको वरिष्ठ नेता पौडेलले बताए । वरिष्ठ नेता पौडेलले भने ,'नेपालमा अहिले आन्तरिक र बाहिरी चलखेल भई रहेका छन् । भोलि के हुन्छ भन्न सकिन्न। राजनैतिक अस्थिरता देशमा छ, काँग्रेस पार्टीले त्यसलाई चिर्नुपर्नेछ ।'  

काँग्रेसको विषयमा कसैले गलत प्रचारबाजी गरेका कारण काँग्रेसले दुख भोग्नुपरेको बताए । उनले जनता माझ गएर दुख सुख बारेमा बुझ्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे। उनले जनताको सूचना र सम्पर्कमा रहन पनि आग्रह गरे। 'जनताको सम्पर्कमा हामी रह्यौँ भने हाम्रो सङ्गठन बलियो हुनेछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ