arrow

स्टोक्सले नियम तोडेपछि अम्पायरले लगाए बलमा सेनिटाइजर

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
ben-stokes.JPG

काठमाडौं । भारत र इङल्याण्डबीचको तेस्रो टेष्ट क्रिकेटमा इङल्याण्डका खेलाडीले नियम तोडेका छन् । अलराउन्डर बेन स्टोक्सले बल चम्काउन लार लगाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी हाल कोरोनाका कारण लार लगाउन रोक लगाको छ । 

स्टोक्सको यो हर्कतपछि अम्पायरले बलमा सेनिटाइजर लगाएका छन् । तत्काल मैदानमै अम्पायर नितिन मेननले चेतावनी दिँदै सेनिटाइजर लगाएका हुन् । 

यो घटना १२ औं ओभरमा भएको हो । आइसीसीको नियमानुसार बलमा लार लगाउने टिमलाई दुई पटक चेतावनी दिइन्छ । तेस्रो पटक पनि यो काम दोहोरिए ब्याटिङ टिमलाई पाँच रन पेनाल्टी दिइन्छ । 

यसैबीच भारतले वल्ड टेष्ट सिरिज क्रिकेटको फाइनल खेल्ने सम्भावना बढेको छ । प्रतिस्पर्धीहरु न्यूजिल्याण्ड, अष्ट्रेलिया र इङल्याण्ड रहेका अवस्थामा भारतले इङल्याण्ड विरुद्धको तेस्रो टेष्टमा गतिलो प्रदर्शन गरेसँगै भारत फाइनल पुग्ने सम्भावना बढेको हो । 

अहमदाबादमा भइरहेको तेस्रो टेष्टमा भारत फराकिलो योगफलतर्फ अगाडि बढेको छ । इङल्याण्डले पहिलो इनिङमा ४८.४ ओभरमा अलआउट हुँदै ११२ रनमात्र बनाउन सक्यो । ओपनर ब्याट्सम्यान जाक क्रलीले सर्वाधिक ५३ रन बनाए । 

अक्षर पटेलले २१.४ ओभरमा ६ मेडन राख्दै ३८ रन खर्चेर ६ विकेट लिए । त्यसैगरी सिरिजमा सबैभन्दा बढी विकेट लिन सफल रविचन्द्रन आश्विनले २६ रन खर्चेर ३ विकेट लिए । 

इशान्त शर्माको भागमा १ विकेट पर्यो । जवाफमा भारतले आफ्नो इनिङ शुरु गरिसकेको छ । पहिलो दिनको समाप्तिसम्म भारतले ३ विकेटको नोक्सानीमा ९९ रन बनाएको छ । 

ओपनर रोहित शर्मा ५७ रनमा नटआउट छन् । उनलाई अजिन्क्या रहानेले १ रनबाट दोस्रो दिन सघाउने छन् । 

डे नाइट म्याचमा कप्तान विराट कोहली २७ रनमा आउट भए । शुवमन गिल ११ र चेतेश्वर पुजारा रनको खाता नखोली आउट भए । 

चार खेलको सिरिजमा पहिलो खेल इङल्याण्डले र दोस्रो खेल भारतले जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ