arrow

इङ्गल्याण्ड भारतसँग दोस्रो दिनमै पराजित 

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
india-test2.jpg

काठमाडौं । भारतले इङ्गल्याण्डलाई तेस्रो टेष्ट क्रिकेटमा दोस्रो दिनमै हराएको छ । अहमदाबादमा भएको टेष्टको दोस्रो दिनमै बिहीबार भारतले १० विकेटले हराएको हो ।

विश्वकै सबैभन्दा ठूलो नरेन्द्र मोदी क्रिकेट स्टेडियममा इङ्गल्याण्डले दिएको ४९ रनको झिनो लक्ष्य भारतले विकेट नै नगुमाइ पूरा गरेको हो । 

दोस्रो इनिङमा इङ्गल्याण्ड ८१ रनमा अलआउट भएपछि भारतले ४९ रनको लक्ष्य पाएको थियो ।

रोहित शर्माले नटआउट रहँदै २५ रन बनाए । यस्तै शुबमन गिलले नटआउट १५ रन जोडे ।

इङ्गल्याण्डको इनिङमा भारतका लागि भारतका अक्षर पटेलले ५ विकेट लिए भने रविचन्द्रन आश्विनले ४ विकेट लिए ।

त्यसअघि भारत पहिलो इनिङमा १४५ रनमा अलआउट भएको थियो । रोहित शर्माले ६६ रन बनाएका थिए । जोय रुटले ५ तथा ज्याक लिचले ४ विकेट लिएका थिए । 

जवाफमा इङ्गल्याण्ड ११२ रनमै आउट भयो । जाक क्रलेले सर्वाधिक ५३ रन बनाए । अक्षर पटेलले ६ तथा रविचन्द्रन आश्विनले ३ विकेट लिए ।

यो डे–नाइट टेष्टको नतिजासँगै चार खेलको टेष्ट सिरिजमा भारतले २–१ ले अग्रता लिएको छ । पहिलो टेष्ट इङ्गल्याण्डले जितेको थियो ।  

चौथो टेष्ट ४ मार्चदेखि अहमदाबादमा शुरु हुँदैछ । यो खेल बराबरी भए पनि भारत वल्ड क्रिकेट सिरिजको फाइनलमा पुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ