arrow

‘मूल्य रोजेजस्तो प्रडक्ट खोजेजस्तो’: सेन्साइको ६५ इन्च फोर के यूएचडी एन्ड्रोइड टिभी सार्वजनिक

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
sensei-4k-tv.jpg

बर्दिया। सेन्साइ ब्रान्डको ६५ इन्च फोर के यूएचडी एन्ड्रोइड टेलिभिजन बर्दियामा सार्वजनिक भएको छ। विगत चार दशकदेखि घरायसी सामग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठुलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्रान्डको विक्री वितरण गर्दै आइरहेकामा यही आयामलाई निरन्तरता दिँदै सेन्साइ ब्रान्डको ६५ इन्च फोर के यूएचडी एन्ड्रोइड टेलिभिजन बर्दियामा सार्वजनिक भएको हो।

चौधरी ग्रुपले सेन्साइ ब्रान्ड सन् २०१६ मा उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ। ग्रुपले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुरुआतमा नर्मल टिभीबाट नेपाली बजारमा विक्री वितरण थालेको सेन्साइ ब्रान्डले आजको दिनमा आएर टिभी (नर्मल, स्मार्ट, युयचडि) अडियो स्टिम, चेष्ट फ्रिजर, वासिङ मेसिन, भ्याक्युम क्लिनर, रेफ्रिजेरेटरहरु आफ्नो प्रडक्ट बास्केट बनाउन सफल भएको छ।’

‘मूल्य रोजेजस्तो प्रडक्ट खोजेजस्तो’ ट्याग लाइन रहेको सेन्साइ ब्रान्डले हालसालै आफ्नो नयाँ उत्पादन थप्ने क्रममा बर्दियामा आफ्नो क्षेत्रीय सम्मेलन आयोजना गरी ६५ इन्चको फोरके यूएचडी एन्ड्रोइड टिभी सार्वजनिक गरेको हो। फोरके यूएचडीमा रहेको उक्त टिभी एन्ड्रोइड प्लेटफर्म अन्तर्गत रहेको छ। ब्राइट प्यानल, मिराकाष्ट तथा वाईफाई जस्ता विशेषतायुक्त टिभीमा दुई वर्षको वारेन्टी रहेको छ।

चौधरी ग्रुप अन्तर्गत सिजी इओएलले सेन्साइ ब्रान्डको नेपालमा विक्री वितरण मार्केटिङ, ब्रान्डिङ गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ