- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ग़ैर आवासीय नेपाली संघ (एनआरएन) का सल्लाहकार कुल आचार्य र संघका अध्यक्ष कुमार पन्तले लामो समयपछि एउटै मन्चमा उपस्थित भएका छन् ।
संघको सन् २०१९-२०२१ कार्यकालका लागि काठमाडौंमा भएको निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी आचार्य र पन्तबीच लामो समय एउटै मन्च उपस्थित थिएनन् । शुक्रबार उनीहरु पर्वतमा आयोजित एक कार्यक्रममा सँगै उपस्थित भएर संघमा एकताको संदेश प्रवाह गरेका छन् ।
आफ्नै जन्मथलो पर्वतको धाईरिडं गाउँमा पुगेका आचार्यले यस पटक संघका केन्द्रीय अध्यक्ष पन्तलाई प्रमुख अतिथिकै रुपमा निम्ता गरेर भब्य स्वागत एवं सम्मान गरे ।
एकताको सन्देश दिंदै आचार्यले भने, ‘गएको अधिवेशनमा निर्वाचनको प्रक्रियामा थियौं, त्यसलाई जित र हारका रुपमा मात्र लिएर अघि बढ्नु हुँदैन् त्यसैले खराब आचरण त्यागेर सकारात्मक सोचले अघी बढ्नुपर्छ,’ उनले अगाडि भने,‘सँधै यसरी नै एकता र भाइचाराको सम्बन्ध राख्नपाउँ ।’
संघका अध्यक्ष पन्तले धाइरिडंलाई आफ्नो दोस्रो घर भन्दै आचार्यको प्रशंसा गरे । कार्यक्रममा स्थानीय नेपाली बाजामा पन्त र आचार्य सँगै नाचेका थिए । पछिल्लो समय राजनीतिक प्रभाव देखिन थालेको एनआरएनएमा नेकपा विभाजनले प्रवासमा प्रत्यक्ष असर देखिएको छ ।
आचार्यका बुबाले स्वर्गीय धर्मनाथ उपाध्यायले शुरुवात गरेको श्रीकृष्ण भवन धर्म माध्यमिक विद्यालय धाइरिडंमा ‘धर्म जयन्ती’ पुरस्कार वितरण तथा स्वागत समारोहमा उनीहरु सहभागी भएका हुन् ।
कार्यक्रममा एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली, यूरोप उपसंयोजक कृष्ण तिमल्सिना, आइसिसी सदस्य अर्जुन कुमार र चिन्तामणी सापकोटा, धर्मराज गिरी, यादव भण्डारी, होमनाथ गिरीलगायत सहभागी थिए ।