- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा केही सुधार आएको छ ।
शुक्रबारको तुलनामा जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको नर्भिक अस्पतालका न्युरो सर्जन डा.राजीव झाले जानकारी दिए । डा.झाका अनुसार शनिबार बिहानदेखि जोशीका दायाँ हातखुट्टा अलिअलि चलाउन थालेका छन्।
चिकित्सकले बोलाउँदा उक्त हात खुट्टाका माध्यमबाट सङ्केत गर्न थालेको डा.झाले जानकारी दिए । अवस्था सुधारोन्मुख भएपनि उनलाई जोखिममुक्त भन्न नसकिने उनको भनाइ छ ।
बिहीबार राति मस्तिष्काघात भएपछि जोशीलाई नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।