- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताको ‘न’पनि नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा स्वास्थ्य दर्पण पत्रिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले संविधानमा नएको काम गरेपछि कुन नैतिकताका आधारमा त्यहि संसदमा मुख देखाउने ? लाज शरम नभएकाको नैतिकताको के आशा गर्नु ? अनि झनै आदर्शका भाषण छाँटेर हिड्नेलाई के भन्नु भनेर प्रश्न गरे ।
जसले अभिभावको भूमिका निर्वाह गर्नुपर्ने उही प्रेसिडेन्ट नै रबर स्टाम बनेपछि मुलुकुमा राजनीतिक समस्या सिंहको भनाइ थियो । अहिलेको परिस्थिति आउनुमा जनता पनि उतिकै जिम्मेवार रहेको भन्दै ठुला कुरा गरेका भरमा मत दिएर पठाएकाले गलत ब्यक्तिको हातमा शासन सत्ता पुगेको उनको जिकिर थियो ।
‘मत दिनेबेलामा जसले तडकभडक गर्छ, जालझेल गर्छ, अपारदर्शी कमाएको कमाई खर्च गर्छ तिनलाई मत दिएको कारण राजनीतिमा विकृति भित्रियो,’ सिंहले भने,‘राजनीति सेवाभावले गरिनुपर्नेमा कमाउ पेसा बन्नु दुखद कुरा हो ।’
केही दल र नेताका कारण सिङ्गो राजनीति प्रणाली माथि प्रश्नचिन्ह खडा भएको सिंहको भनाइ थियो । चारैतिर सेटिङका हल्ला चल्दा पनि आफुलाई न्यायालयले सहि निर्णयमा दिन्छ भन्ने लागेको र निर्णय पनि सही आएकाले ब्यवस्था र संविधानको रक्षा भएको उनको भनाइ छ ।
अब सबै मिलेर काम गर्नुपर्ने बेला आएको भन्दै कांग्रेस बाहेक अरु दल कुरा मात्रै गर्ने तर पाएको जिम्मेवारी पूरा गर्न सक्दैन रहेछ भन्ने फेरि एक पटक प्रमाणित भएको सिंहको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने डाक्टर, पत्रकार लगायतलाई सम्मान समेत गरिएको थियो ।