arrow

फेरि घट्यो सुनको भाउ

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
gold.jpeg

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य रु ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आइतबार साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भएको थियो । 

यस्तै चाँदी आज तोलामा रु १० ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने रु एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ