arrow

सुधार हुँदै नवीन्द्रराज जोशीको स्वास्थ्यमा

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
nabindra-raj-joshi-mp-congress.jpg

काठमाडौं । मस्तिष्कघात भएपछि अस्पतालमा उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । 

गत बिहीबार राति मस्तिष्कघात भएपछि अस्पताल लगिएका जोशीको हाल नर्भिक अस्पतालमा उपचार भइरहेको छ । 

शुक्रबार बिहान मस्तिष्कको शल्यक्रिया गरी उपचार थालिएको जोशीको मष्तिष्कमा जमेको रगत र पानी निकालेर उपचार भइरहेको हो । 

शुक्रबार खासै सुधार नदेखिएको उनको स्वास्थ्यमा शनिबार सामान्य सुधार आएको थियो । तर आइतबार बिहान गरिएको सिटी स्क्यान रिपोर्टमा सुधार देखिएको उपचारमा संलग्न वरिष्ठ सर्जन डा. राजीव झाले बताए । 

उनको शरीरको देब्रे भागमा समस्या देखिएको छ । दाहिने भाग भने बिस्तारै चल्न थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ