arrow

इसरोको पहिलो मिसन सफल, थप १८ उपग्रह अन्तरिक्षमा

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
pslv-satellite.jpg

काठमाडौं । भारतको ध्रुवीय उपग्रह प्रषेपण यान (पीएसएलभी) मार्फत १९ उपग्रह अन्तरिक्षमा पठाइएको छ । भारतीय रकेट पीएसएलभी–सी फिफ्टी वानको आइतबार बिहान स्थानीय समयअनुसार १०ः२४ बजे आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन स्पेस सेन्टरबाट पठाइएको हो । 

यो रकेटबाट ३७ किलोको ब्राजिलियन उपग्रह अमेजोनिया–१ को सफलतापूर्वक स्थापित गरिएको बताइएको छ । यसबाहेक १८ अन्य उपग्रह पनि अन्तरिक्षमा पठाइएको छ । 

जसमा १३ वटा अमेरिकाका हुन् । 

सन् २०२१ मा भारतको यो यो पहिलो अन्तरिक्ष अभियान लोमो छ । यसको उडान समय १ घण्टा ५५ मिनेट ७ सेकेन्डको हुनेछ । 

योसँगै भारतका तर्फबाट अहिलेसम्म लञ्च गरिएको विदेशी उपग्रहको संखया ३४२ पुगेको छ । 

इसरोका अनुसार अमेजोनिया–१ उपग्रहको मद्धतले अमेजन क्षेत्रमा वनको कटाइ र ब्रजिलको कृषि क्षेत्रसँग सम्बन्धित अलग अलग विश्लेषण गरिने भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ