arrow

कबड्डी कपड्डी...

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
kabaddi-childeren.jpg

गलेश्वर । ग्रामिण भेगमा कबड्डी सबैभन्दा चर्चित खेल हो । सानो चौरमा पनि खेल्न सकिने यो खेलका लागि अन्य सामग्रीको आवश्यक नपर्ने भएकाले पनि ग्रामिण भेगमा चर्चित छ । सबैभन्दा धेरैले खेल्ने खेलका रुपमा परे पनि यो राष्ट्रिय खेल बन्न नसकेको गुनासो यदाकदा सुनिन्छ । 

राष्ट्रिय खेल भलिबल हुनुअघि कबड्डीलाई बनाउनुपर्छ भन्ने लबिङ निकै नै भए पनि त्यो प्रयास खेलकर्मीहरुको सफल हुन सकेन । ग्रामिण भेगका विद्यालयमा यो खेल चर्चित छ । 

तस्वीरमा म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माध्यमिक विद्यालयका विद्यार्थी मध्यान्तरमा कपर्दी खेल्दै गरेको देख्न सकिन्छ । 

प्रविधिको बढ्दो प्रयोगले यस्ता शारीरिक खेलहरु खेल्न विद्यार्थीले छोडिसकेका छन् ।

यसमा मौलिकता झल्किने भएकाले पनि यो खेलको जगेर्ना गर्नुपर्ने देखिएको छ । यो खेलले एकता कत्तिको जरुरी हुन्छ भन्ने देखाउँछ भने शारीरिक तन्दुरुस्ती र कला–चातुर्य पनि सिकाउँछ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ