arrow

अधिकृत नागिलालाई केएफ नेपालद्वारा स्वागत

logo
सीता डोटेल,
प्रकाशित २०७७ फागुन १७ सोमबार
nagi-rampur.jpg

रामपुर, पाल्पा । रामपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका नेपाल सरकारका उपसचिव हरिराम नागिलालाई काली गण्डकी फाउन्डेसन नेपालले स्वागत गरेको छ ।

संस्थाको कार्यालयमा एक कार्यक्रम गरी फाउन्डेसनले खादा र फुलको गुच्छा प्रदान गरी नागिलालाई उनको रामपुर नगरपालिकाको सेवा समय सुखद र सफल रहोस् भन्ने कामना सहित स्वागत गरेको हो । २ वर्ष अघि स्थापना भएको सेवा प्रदायक संस्था काली गण्डकी फाउन्डेसन नेपालका अध्यक्ष नीलकण्ठ भण्डारीले संस्थाको बारेमा उनलाई जानकारी गराएका थिए ।
 
स्थापनाको केही समयमा नै गुणस्तरीय एम्बुलेन्स सेवा, नगरका १ सय किसानलाई बाँदर धपाउने यन्त्र, रामपुरमा पहिलो सार्वजनिक पुस्तकालय स्थापना सहित विभिन्न काममा नगरपालिका सँगको समन्वयमा सेवामा अग्रसर यस संस्थाको बारेमा प्रमुख प्रशासकीय अधिकृत नागिलालाई जानकारी गराइएको हो ।

सोही अवसरमा बोल्दै नागिलाले संस्थाले रामपुर क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै सामाजिक काममा हातेमालो गर्दै अगाडि बढ्ने बताए । सरकारी, सामुदायिक वा संस्थागत  संघसस्थाले समाज र नागरिकको उत्थानमा काम गर्ने नै भएको हुँदा समाजको सकारात्मक विकासमा यस्ता संस्थाहरु यसरी सेवा प्रवाहमा आउनुपर्ने बताए । साथै नागिलाले फाउन्डेसनले सञ्चालन गरेको विद्यामन्दिर पुस्तकालयको अवलोकन समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ