arrow

इमानदार भएर वार्ताबाट समाधानमा पुग्न सरकारलाई काँग्रेसको आग्रह

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ ।  नेपाली काँग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग इमानदार भएर वार्ताबाट समाधानमा पुग्न सरकालाई आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले मङ्गलवार वार्ता समिति गठन सकारात्मक भएको विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

'नेपाली काँग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको छ । सरकार र विप्लव समूहले इमानदारीपूर्वक बहुदलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली काँग्रेसले विश्वास लिएको छ ।'  विज्ञप्तिमा उल्लेख छ ।

सरकारले ‘विप्लव’ समूहसँग वार्ता गर्न मङ्गलवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा वार्ता टोली बनाएको छ । गृहमन्त्री थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसमेत रहने गरी दुई सदस्सीय वार्ता समिति बनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ