arrow

सासू र श्रीमान् मिलेर सम्झनाको हत्या

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
woman-dead-body.jpg

गुल्मी । रेसुङ्गा नगरपालिका-३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

भाडगाउँ निवासी ४७ वर्षका लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयले बिहिवार प्रहरीले सार्वजनिक गरेको हो । उनले गत माघ २९ गते राती आफू र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर उनको हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयानको क्रममा बताएका छन् ।

घरबाट बेपत्ता भएको १७ दिनमा लालबहादुर खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोज तलासका क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो ।

शव फेला पारेकै दिन प्रहरीले हत्याको आशंकामा लालबहादुरलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । सम्झनाको हत्या भएको २० दिनपछि प्रहरीले हत्यामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गरेको हो ।

प्रहरीले लालबहादुरको नाममा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाका बारेमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

सम्झनाको हत्या के कारणले भयो र के कारणले सासुले  झुण्डिएर आत्महत्या गरिन भन्ने बारेमा थप कुरा प्रहरीले अनुसन्धानपछि पुनः सार्वजनिक गर्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ