- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहलीको फेरि एक पटक विजोग भएको छ । शतकको खडेरी बेहोरिरहेका कोहलीले इङ्गल्याण्डविरुद्धको टेष्ट सिरिजमा शून्यको पनि रेकर्ड बनाएका छन् ।
भारतको अहमदाबादमा भइरहेको चौथो टेष्टको पहिलो इनिङमा शून्यमै आउट भएपछि कोहली एकै सिरिजमा दोस्रो पटक शून्यमा आउट भएका छन् ।
उनलाई घरेलु मैदानमै शून्य दशाले छोएको छ । उनी एकै सिरिजमा दुई पटक शून्यमा आउट भएको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा पनि इङ्गल्याण्ड विरुद्धको सिरिजमा दुई पटक रनको खाता नखोली शून्यमै कोहली फर्केका थिए ।
कोहली कप्तानका रुपमा १२ हजार रन पूरा गर्नबाट १७ रनले पछाडि छन् । चौथो टेष्टमा उनले उक्त रेकर्ड पूरा गर्ने आशा अझै जिवितै छ ।
सबै शैलीको क्रिकेटमा उनले कप्तानका रुपमा १२ हजार रन पूरा गर्न तयार छन् । त्यस्तै उनले यो टेष्टमा शतक बनाएको भए कप्तानका रुपमा सबैभन्दा बढी शतक बनाउने खेलाडीको कीर्तिमान रच्ने थिए ।
उनले ४१ शतक बनाएर अष्ट्रेलियाली पूर्व कप्तान रिक्की पोन्टिङको बराबरी गरिसकेका छन् ।
चौथो टेष्टको खेल
अहमदाबादमा जारी चौथो टेष्ट बिहीबारदेखि शुरु भएको हो । इङ्गल्याण्डले पहिलो इनिङमा २०५ रन बनायो । बेन स्टोक्सले सर्वाधिक ५५ रन बनाए ।
स्पिनर चलेको खेलमा अक्षर पटेलले ४ तथा रविचन्द्रन आश्विनले ३ विकेट लिए । जवाफमा भारतले खराव शुरुआत गरेको छ । शुभमन गिललाई शून्यमै गुमाएको भारतले दोस्रो दिन १ विकेटको क्षतिमा २४ रनबाट अगाडि खेलेको थियो ।
विराट कोहली शून्यमै र चेतेश्वर पूजारा १७ रनमा आउन भए । भारतका लागि रोहित शर्माले सिरिजमा सबैभन्दा बढी रन बनाउने खेलाडी बन्ने क्रममा अगाडि बढेका छन् ।
उनलाई अजिन्क्या रहानेले साथ दिने क्रममा २७ रनमा आउट भए । दोस्रो दिनको लञ्च समयसम्म भारतले ८ विकेटको नोक्सानीमा ८० रन बनाएको छ । रोहित ३२ रनमा नटआउट छन् ।
यसअघिको पहिलो सिरिजमा भारत २२७ रनले पराजित भएको थियो भने त्यसपछिका खेल भारतले जितेको छ । दोस्रो खेल ३१७ रनले तथा तेस्रो खेल भारतले १० विकेटले जितेको छ ।
चौथो खेलमा पनि उच्च योगफल नहुने लगभग पक्का छ । रोहितलाई साथ दिन खेलाडीहरु क्रिजमा जम्न सकेका छैनन् । यो खेल पनि जित्दा भारत वल्ड टेष्ट सिरिजको फाइनल खेल्न पाउने छ ।