arrow

विशेष विमानबाट नेपाल आउदैछन् बहराइनी राजकुमार

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
baharain-quatar-himal-team.jpg

काठमाडौँ । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा विशेष विमानबाट नेपाल आउँदै छन् ।  बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफा सगरमाथा आरोहण गर्न नेपाल आउन लगेका हुन् । खलिफासहितको टोलीले सगरमाथा आरोहण गर्ने भएको छ ।

 यस वर्षको वसन्तकालीन याममा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि राजकुमार खलिफासहित १६ जनाको टोली आगामी चैत २ नेपाल विशेष विमानबाट आउँदै गरेको बहराइन, मनामास्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालका लागि बहराइनका राजदूत पदम सुन्दासले सो कुराको पुष्टि गरेका छन् ।

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहेको आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकमार्फत भइरहेको छ । टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले आफूहरू राजकुमारसहितको टोलीको स्वागतको पर्खाइमा रहेको तथा आरोहण अनुमतिका लागि पर्यटन विभागमा आवश्यक पहल थालिएको जानकारी दिए । उनका अनुसार राजकुमारसहितको आरोही टोली नेपाल आएर सात दिनको होटेल क्वारेनटिनपछि गोरखाको सामा गाउँ गएर पाँच दिन बस्ने र काठमाडौँ फर्केर सगरमाथाको आधार शिविर प्रस्थान गर्ने कार्यक्रम छ ।

अहिले शेर्पाको कम्पनीमार्फत वसन्तकालीन यामका लागि ८० विदेशीसहित २५० आरोहीले सगरमाथा आरोहणको तयारी गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ