arrow

ओली पराजित भइसकेकाले राजीनामा दिएर नैतिकता देखाए हुन्छ : माधव नेपाल

logo
प्रकाशित २०७७ फागुन २२ शनिबार
madhav-kumar-nepal-.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतको निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली पराजित भइसकेकाले राजीनामा दिन आग्रह समेत गरेका छन् ।

शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपालले  ‘केपी ओलीलाई हामी अन्तिम मौका दिइरहेका छौं, राजीनामा दिनुहोस्, नैतिकताको सानो अंश भएपनि देखाउनुहोस् ।’

उनले अगाडि भने, ‘नभए इतिहासमा तपाईं सधैं कलंकित मात्र हुनुहुनेछ। धेरै फुर्ती नदेखाउनुहोस्, तपाईंका फुर्ती देखाउने दिन गए।’उनले प्रतिगमनविरुद्धको पहिलो चरण हासिल गरेपनि अझैं संघर्ष गर्न बाँकी रहेको बताए।

आफूहरुले नेतृत्व गरेको पार्टी आधिकारिक भएको बताउँदै नेपालले नेकपा र सूर्य चिन्ह आफूहरुको भएको दाबी गरे । ‘हिजो मात्र हामीले हाम्रो पार्टी आधिकारिक हो भनेर निर्वाचन आयोगमा दाबी गरेका छौं। त्यसो हुनाले अब कसैले यता कर्के आँखा नदेखाए हुन्छ,’ उनले भने, ‘आधिकारिक पार्टी यही हो, सूर्य चिन्ह यहीँ छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ