arrow

दुईवटा नेकपा चिन्दैनौं, सत्तारुढ दलका सांसद एउटै लहरमा बस्नेछन् : प्रवक्ता पाण्डे 

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
rojnath.jpg

काठमाडौं । संसद् सचिवालयले दुईवटा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नचिन्ने बताउँदै सत्तारुढ दलकै लहरमा बस्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । 

दल विभाजनको औपचारिक पत्र निर्वाचन आयोगबाट प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

संसद बैठक बस्नुअघि प्रवक्ता पाण्डेले पत्रकार सम्मेलन गर्दै संसदमा बस्नका लागि नेकपाका सांसदहरुका लागि छुट्टै बस्ने व्यवस्था नगरिएको बताएका हुन् । उनले भने, ‘नेकपा विवादलाई संसदले मान्यता दिन सक्दैन्, सत्तापक्षका सांसदहरु आफ्नो अनुकूलतामा बस्न सक्नुहुनेछ । हामीले छुट्टै व्यवस्था गरेका छैनौं ।’

प्रवक्ता पाण्डेले नेकपाका दुवै प्रमुख सचेतकलाई सेवा सुविधा दिएको भए पनि यो संक्रमणकालीन समय भएकोले त्यही अनुसार बुझिदिन पनि आग्रह गरे । उनले भने, ‘संक्रमणकालमा लिने र दिने प्रक्रिया चलिरहन्छ ।’

पुनःस्थापित संसदको बैठक आइतबार अपराह्न चार बजे बस्दै छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई महत्वका साथ हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ