arrow

प्रचण्ड-नेपाल समूहको पत्र संसद सचिवालयले दर्ता गर्न मानेन

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
samsad-sachibalaya.jpg

काठमाडौं । नेकपा भित्रको प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेता परिर्वतन गरेको जानकारीसहितको पत्र संसद सचिवालयलाई बुझाएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले आइतबार संसद सचिवालय पुगी संसदका महासचिव भरतराज गौतमलाई दलको नेता परिवर्तन गरिएको जानकारी दिएका हुन् ।

सो समूहले ११५ जना सांसदको हस्ताक्षर संसद सचिवालयमा बुझाएको हो । प्रचण्ड-नेपाल समूहले गत शुक्रबार दलको नेताबाट केपी ओलीलाई हटाउँदै प्रचण्डलाई चयन गरेको थियो ।

यता, संसद सचिवालयले भने तत्काल प्रचण्डलाई दलको नेताको मान्यता दिन नसकिने जनाएको छ । सचिवालयका महासचिब भरतराज गौतमले यस विषयमा कानुनी परामर्श गरी निर्णय लिने बताएका छन् ।

तर प्रचण्ड-नेपाल समूहका सांसदहरुले सचिवालयको कदमप्रति असन्तुष्टी जनाएका छन् । सचिवालयले पत्र दर्ता गर्न नै नमानेपछि सांसदहरु रुष्ट बनेका हुन् । प्रचण्ड-नेपाल समूह भने दलको निर्णयसहितको हस्ताक्षर दर्ता गर्न सचिवालय पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ