- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेता परिवर्तनको जानकारी पत्र अन्ततः संसद सचिवालयमा दर्ता भएको छ ।
संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको हस्ताक्षरित निर्णयसहितको निवेदन लिएर आइतबार दिउँसो उक्त समूह सचिवालय पुगेको थियो ।
तर सचिवालयका महासचिब भरतराज गौतमले यस विषयमा कानुनी परामर्श गरी निर्णय लिने बताएका थिए । शुक्रबार दलको नेताबाट केपी ओलीलाई हटाउँदै सो समूहले ११५ जना सांसदको हस्ताक्षर संसद सचिवालयमा बुझाएको हो ।