arrow

उपचारका क्रममा पूर्व मन्त्री दीपक गिरीका बुबाको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ । प्रजातन्त्र सेनानी लोकमणि गिरीको उपचारको क्रममा निधन भएको छ ।  ८३ वर्षको उमेरमा शनिवार उपचारको क्रममा प्रजातन्त्र सेनानी गिरीको निधन भएको हो ।

  गिरी पूर्व मन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीका बुबा हुन् ।  उनको आइतबार अपराह्न २ बजे तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो  ।

 विसं १९९४ सालमा जन्मिएका गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गरी दुःख व्यक्त गरेका छन् । सभापति देउवाले उनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ केन्द्रीय सदस्य दीपक गिरी लगायत सबै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्  ।

साथै नेपाली कांग्रेस संसदीय दलले पनि गिरीको निधनप्रति दुःख व्यक्त गर्दै आत्माको चिर शान्तिको कामनाका गरेको छ । संसदीय दलका प्रमुख सचेतक  बालकृष्ण खाण शोक विज्ञप्ति जारी गरी दुःखको  घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका हुन् ।

'नेपालमा भएका हरेक प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनहरूमा सदैव सक्रिय रहनु भएका स्व. गिरी एक अथक योद्धा हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ' विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ