- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।
सरकारले जवरजस्ती अध्यादेश पेस गरेपछि कांग्रेस सांसदहरुले बैठकमै नाराबाजी गरिरहेका छन् । नाराबाजी नरोकिएपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।
सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्दै कांग्रेस सांसदहरूले बैठकमा नाराबाजी गरिरहेका हुन । उनीहरू सिटबाट उठेर अगाडी आएका छन् ।
यसअघि बैठकमा धारणा राख्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गरेका थिए ।
उनले सरकारले ल्याएको अध्यादेशको घोर विरोध गर्दै कांग्रेसले आपत्ति जनाउने बताएका थिए ।