- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले संसदको उपसभामुख तीन वर्षसम्म किन रिक्त ? भनी प्रश्न गरेकी छन् ।उनले तीन तीन वर्षसम्म पनि संसदले उपसभामुख नपाएको भन्दै संसद प्रति प्रैश्न उब्जिएको बताइन् ।
यसैगरी उनले कुनै पनि विषयलाई संसदबाटै समाधान गर्नु पर्ने बताएकी छन् । सांसद भुसालले बैठकबाट सांसदहरु उठेर हिडेको भन्दै संसदबाटै सबै विषयको छिनोफानो गर्नेतर्फ सांसदहरुको ध्यानाकर्षण गराएकी हुन् ।
सरकारले संसदमा ल्याएको अध्यादेश कांग्रेसले स्वीकार नगर्ने र संविधान र शक्ति पृथकीकरणको नीति विपरित रहेकाले सरकारले फिर्ता गर्नु पर्ने बताइन् । संसद विघटनलाई सर्वोच्च अदालतले पुर्नस्थापना गर्ने निणर्यकोसमेत उनले स्वीकार गरिन् ।