- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेकपाबारे सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड नेपाल समूहले भोलि (सोमबार) ११ बजेलाई आकस्मिक रूपमा स्थायी कमिटीको बैठक बोलाएको छ। अब दुई वटा दल रहने कि एउटै बन्ने भन्ने विषय दलकै हातमा रहेको अवस्थामा प्रचण्ड नेपाल समूहले ११ बजे स्थायी कमिटीको बैठक बोलाएको हो।
सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवारी दिएर निर्वाचित भएका सदस्यहरूको अवस्था के हुन्छ भन्ने अन्योल उत्पन्न भएको अवस्थामा अदालत राजनीतिक निर्णयमा प्रवेश गरेर अन्याय गरेको भन्दै स्थायी कमिटीको बैठक बस्न लागेको हो।
२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। त्यस अधि सोही नाममा निर्वाचनमा आयोगमा ऋषि कट्टेलले पार्टी दर्ता गरेका थिए।
सर्वोच्च अदालतले दुई खेमामा बाँडिएको हालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अस्तित्व कायम रहने भनी फैसला गरेको छ।
राजनीतिक विषयवस्तुमा प्रवेश गरी अदालतले गरेको यो फैसलासँग हाल सत्ता बाहिर रहेका एमाले पृष्ठभूमिका नेकपाका नेताहरू एमालेका सांसदको रूपमा रहने छन् भने हाल सत्तारुढ खेमामा रहेका माओवादी केन्द्रका सांसदहरू माओवादी केन्द्रको सांसदको रूपमा रहनेछन्।
सर्वोच्च अदालतको यो फैसलाले हालको राजनीतिक परिस्थितिलाई थप जटिल बनाएको भन्दै प्रचण्ड नेपाल समूहमा सर्वोच्चको आदेशमा पुनरावलोकनमा जाने सम्भावना रहेको छ।