arrow

अकस्मात् बिरामी परेका कांग्रेस पूर्व सभापति खड्काको निधन

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
nepali-congress-flag.jpg.jpeg

गलेश्वर । नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको  ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्गमचोक निवासी उनको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान निधन भएको हो ।

अकस्मात् बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । उनी गत शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागी समेत भएका थिए । उनी मुटुसम्बन्धी रोगको औषधि सेवन गर्थे ।

 कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठका अनुसार खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल कांग्रेस जिल्ला सभापति बेका थिए । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष  उन जिल्लामा कुशल चिकित्सक र कानून व्यवसायीका रुपमा पनि प्रख्यात थिए ।

एक समय बेनीको प्रकाश माविका शिक्षकसमेत रहेका  उनका एक छोरा र एक छोरी छन् । खड्काकी श्रीमतीको २०६१ सालमा निधन भएको थियो । स्पष्ट वक्ता, अध्ययनशील र सरल स्वभावका नेपाल रेडक्रस सोसाइटीका पूर्वसभापति खड्का स्वाभिमानी र निष्ठावान् नेताका रुपमा जिल्लामा सुपरिचित थिए  ।

पूर्वसभापति खड्काको निधनप्रति कांग्रेसका नेताकार्यकर्ताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनको मंगलवार नै काठमाडौँस्थित पशुपति आर्यघाटमा हिन्दू परम्परानुसार दाहसंस्कार गरिने कांग्रेस म्याग्दीका नेताहरुले बताएका छन् ।



नयाँ