arrow

बङ्लादेशले इजरायलबाट फोन ह्याक गर्ने उपकरण किनेको खुलासा

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
mobile.jpg

काठमाडौँ । बङ्लादेशले इजरायलबाट फोन ह्याक गर्ने उपकरण खरिद गरेको पाइएको छ । अलजाजेरा र इजरायली सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका आधारमा बङ्लादेशले उक्त उपकरण खरिद गर्नका लागि करिब ३ लाख ३० हजार अमेरिकी डलर खर्च गरेको छ ।

स्बाइट सुरक्षा फर्मबाट खरिद गरेको भनिएको उक्त युएफईडी उपकरणले मोबाइल फोनहरूमा पहुँच पुराएर डेटा (तथ्याङ्क)हरू निकाल्न सक्छ । सर्वसाधरणहरुको मोबाइलमा भएको जुनसुकै कुरामा पहुँच पुर्‍याउन सक्ने भएका कारण मानअधिकारकर्मीहरुले यो उपकरणमाथि चिन्ता प्रकट गरेका छन् ।

मुस्लिम बाहुल्यता भएको बङ्लादेश र इजरायलबिच खास कूटनीतिक सम्बन्ध छैन । बङ्लादेशलाई इजरायललाई राज्यको मान्यता समेत दिँदैन भने, त्यहाँका नागरिकहरूलाई भ्रमण प्रतिबन्ध समेत छ ।

युएएफईडी (फोन ह्याक गर्ने उपकरण) बङ्लादेशले सोझै इजरायलबाटै किनेको थियो, या अन्य मुलुकमा रहेको सो कम्पनीको शाखाबाट किनेको थियो भन्ने कुरा भने स्पष्ट भएको छैन । यसअघि बङ्लादेशले सन् २०१८ मा इजरायलबाट मोबाइल फोन अवरोध गर्न सक्ने उपकरण किनेको कुरा समेत बाहिरिएको थियो ।

सरकारले सर्वसाधारणको मोबाइल फोन अवरोध एवं ह्याक गर्न सक्ने प्रविधि प्रयोग गर्नु मानवअधिकारका लागि चिन्ताको विषयका रूपमा हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ