- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ओखलढुंगा । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वजलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्यय (डिला) ले संविधानको स्थाई कार्यन्वयनका लागि अब सबै दलहरु एकजुट भएर काँग्रेसको नेतृत्वमा सर्वदलीय सरकार गठन हुनुपर्ने बताएकी छन् ।
ओखलढुंगामा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यले नेपाली जनताले कम्युनिस्टहरुलाई बहुमत दिलाएर स्थाई सरकार गठनका लागि ठुलो अवसर दिएको तर कम्युनिस्टहरु पदीय प्रलोभनमा परेर संबिधान मिच्दै सडकमा तमासा देखाएकाले कम्युनिस्टहरुबाट संविधानको रक्षा नहुने भएकाले अब काँग्रसको नेतृत्वमा सर्वदलीय सरकार गठन हुनुपर्नेमा जोड दिइन ।
‘स्वार्थ मिलेसम्म हामी देश निर्माणका लागि नेकपा नामको विमानका दुई पाइलट हौं भन्दै कुम जोडेर हिंडेका केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड स्वार्थ नमिल्नासाथ दानवीय रुपमा सडकमा तान्डप देखाउँदै मुलुकलाई अति जोखिम अवस्थामा पुर्याएकाले देश अझ दुर्घटना हुनबाट जोगाउनकै लागि भएपनि काँग्रेस सरकारमा जानुपर्छ’, उनले भनिन् ।
फागुन २४ गते खोटाङको हलेसी तुवाचुङ गाउपालिकाले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा भाग लिएर फर्कने क्रममा ओखलढुंगा आइपुगेकी उपाध्ययको साथमा सरस्वती बजिमिंया र नेविसंघका पूर्वकेन्द्रिय सदस्य रोदना घिमिरेलाई काग्रेस ओखलढुंगाका सभापति प्रदिपकुमार सुनुवारले स्वागत गरेका थिए ।