arrow

खलङ्गा च्याम्पियन, दशरथचन्द चार रनले स्तब्ध

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
cricket-ballhitting-wickets.jpg.jpeg

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न  चौथो संस्करणको मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ४ खलङ्गाले हात पारेको छ ।

फाइनल भिडन्तमा खलङ्गाले वडा नं ५ दशरथचन्दलाई चार रनले स्तब्ध पा¥यो । उपाधिसँगै खलङ्गाले ७५ हजार हात पारेको छ भने दशरथचन्दले ५० हजार चित्त बुझाएको छ । खलङ्गाले दिएको १३० रनको लक्ष्य पन्छाएको दशरथचन्दले २० ओभर ६ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो । उसका लागि जगदीश चन्दले ३५ रनको योगदान गरेपछि उपाधि हात पार्न असफल रह्यो ।  खलङ्गाका गोपी नाथले २ विकेट हात पारे ।  

त्यसअघि दशरथचन्द खेल मैदानमा पहिला ब्याटिङ गरेको खलङ्गाले विक्रम चन्दको ६२ रनको मद्दतमा १२९ रन बनायो । दशरथचन्दका भोज चन्दले ३ विकेट लिए । खलंगाका विक्रम चन्द म्यान अफ द फाइनल चुनिए । यस्तै प्रतियोगिताभर ११८ रन र ४ विकेट लिएका वडा नं १० बाराकोटका प्रकाश बुडाल म्यान अफ द सिरिज भए । खलङ्गाका लागि प्रतियोगिताभर १४० हिर्काउने राजु भाट बेस्ट ब्याट्सम्यान भए भने वडा नं ३ दुर्गाभवानीका लागि ९ विकेट झारेका जय रावत बेस्ट बलर चुनिए ।  

विजेता तथा उपविजेता खेलाडीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापालगायतले पुरस्कार वितरण गरे । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ